Logo

पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु



मुस्ताङ, २९ साउन । मुस्ताङको घरपझोङ गाउँपालिका (३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार घरपझोङ(३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदा मृत्यु भएको हो ।

१७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खाँदा पुगेको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुक्तिनाथमा ८२ वर्षीय वृद्ध महिला मृत फेला

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (१ मुक्तिनाथस्थित पुराङ गुम्बामा एक्लै बस्दै आइरहेकी ८२ वर्षीया एक वृद्धा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार उक्त महिला सोही स्थानकी स्थानीय भुटिक गुरुङ हुन् । मृतक महिला २÷३ दिनसम्म बाहिर देखा नपरेपछि स्थानीयकै सहयोगमा प्रहरीले खोजतलास गर्दा घरमै मृत अवस्थामा फेला परेको जनाइएको छ ।

प्रहरीले गत शुक्रबार मृत शव फेला पारेको हो । प्रहरीका अनुसार मृतकको जोमसोम अस्पतालमा पोस्ट मार्टम कार्य सम्पन्नभइ भिसेरा परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमान्डौं पठाईएको र घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढेको बताइएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्