Logo

भ्रष्टाचारी र भुमाफियालाई सचेत गराउन राखेको कुकुर बम डिस्पोज



कञ्चनपुर, साउन २९ । .कञ्चनपुरको भानुचोकमा प्रेसर कुकर बम भेटिएको छ ।बिहीबार बिहान दुई बजे जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ४ भानुचोकमा रहेको भानु पार्टी प्यालेस नजिकै कुकर बम फेला परेको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे उक्त बम डिस्पोज गरेको छ। बम भेटिएको स्थानबाट थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कञ्चनपुरको पर्चा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त पर्चामा नगर विकास समितिमा भ्रष्टाचार भएको, भूमाफियाहरुले सरकारी जमिन हिनामिना गरेकाले सचेत हुन भनिएको छ। अहिले प्रहरीले उक्त पर्चालाई लिएर अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्