Logo

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे भ्रम फैलिएपछि



काठमाडौं, साउन २९ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे भ्रामक खबर सार्वजनिक भएको छ । भारतीय ट्विटर प्रयोगकर्ताले गलत भ्रम फैलाएपछि मुखर्जीकी छोरीले ट्विटरमार्फत मुख खोलेकी छन् ।

भारतीय ट्वीटर प्रयोगकर्ताले विहानैदेखि  #ripPranabMukherjee लेखेर गतल भ्रम फैलाएपछि परिवारले उक्त खवरको खण्डन गरेका हुन् ।

मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमार्फत आफ्ना पितासँग जोडिएको खवर अफवाहमात्र भएको बताएकी छन् । उनले ट्विटरमार्फत मिडियाकर्मी, मलाई फोन नगर्न र अस्पतालबाट आउने सूचनाका लागि आफुले फोनलाई फ्रि राख्न आवश्यक रहेको बताएकी छन् ।


मुखर्जीका छोरा अभिजीत मुखर्जीले समेत ट्वीटर गर्दे लेखेका छन्, ‘मेरा पिता श्री प्रणब मुखर्जी जिवित हुनुहुन्छ र रक्त प्रवाहको हिसाबले उनको स्थिती स्थिर छ । केही सम्मानित पत्रकारद्वारा सोसल मिडियामा अड्कलबाजी गर्नु र झुटो खबर फैलाउनुले यो बताउँछ कि भारतका मिडिया झुटो समाचारको कारखाना बनिसकेको छ ।’



प्रतिक्रिया दिनुहोस्