Logo

नक्कली सुन प्रकरणका नाइके समातिए



काठमाडौं, २९ साउन ।नक्कली सुन कारोबारमा संलग्न इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनी बुधबार बेलुका पर्सामा पक्राउ परेका हुन् ।दुई साताअघि उनको गिरोहको आधा किलो सक्कली तथा साढे १५ किलो नक्कली सुन सुन्धारामा प्रहरीले बरामद गरेको थियो ।

उनी भने भाग्न सफल भएका थिए । उनी विगतमा नक्कली भारतीय रुपैयाँको कारोबारमा आबद्ध व्यक्ति हुन् ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्