Logo

ओली-दाहाल छलफल जारी, होला त आज सहमति ?



काठमाडौं, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टादेखि वार्ता जारी छ । उक्त भेटवार्तामा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य विष्णु पौडेल र प्रदेश नम्बर-५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि सहभागी छन् ।

पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागेका थिए । तर, ओलीले कुनै पनि हालतमा आफूले राजीनामा नदिने अडान लिँदै आएका छन् । यही कारणले नेकपाको स्थायी कमिटीको बैठक प्रभावित बन्दै गएको छ । file photo



प्रतिक्रिया दिनुहोस्