Logo

ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास



काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि भएको साँढे चार लामो वार्ता विना निष्कर्ष टुंगिएको छ । तर, छलफलमा विवाद अन्त्य गरी निकास निकाल्ने सुत्रबारे गम्भीर कुराकानी भएको छ ।

विश्वस्त स्रोतका अनुसार ओली र प्रचण्ड वन टु वन छलफल गरेका थिए । पछि दोस्रो पुस्ताका नेताहरु पनि बसेर सहमति निकाल्नेबारे कुराकानी गरेका थिए । दुवै नेताले एकतामा असर पार्ने खालका अभिव्यक्ति नदिनेबारे सहमति बनाएको बुझिएको छ ।

सकभर सोमबारभित्र सहमति निकाल्ने गरी ओलीले प्रस्ताव गरेको बुझिएको छ । त्यसमा प्रचण्ड सकारात्मक भएपछि आफ्नो पक्षका नेताहरुसँग छलफल गरेर शुक्रबार फेरि छलफल गर्ने गरी बिदा भएका थिए । ११ बजे बालुवाटार पुगेका प्रचण्ड साँढे ३ बजे निस्किएका थिए । दुवै नेताले सँगै लन्च पनि गरेको बुझिएको छ ।

नेकपाभित्र एक महिनाभन्दा बढी समययता उत्पन्न विवाद समाधानको प्रयास भएपनि कुरा मिल्न सकेको छैन । नेताहरुबीच बेला बेलामा आरोप प्रत्यारोप चल्ने गरेको छ । तर, बेला बेलामा संवाद पनि हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्