Logo

५२५ कोरोना संक्रमित थपिए



काठमाडौं, २९ साउन । नेपालमा कोरोना भाइरसका आज ५ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ८ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आज १०९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्