Logo

कोरोना संक्रमणबाट चार जनाको मृत्यु पुष्टि (विवरणसहित)



काठमाडौं, २९ साउन । कोरोना भाइरसको संक्रमणबाट आज देशमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कुल मृतकको संख्या ९५ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन पुरुष र एक महिलाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरी, अछाम र मोरङका पुरुष र धनुषाकी महिला हुन् ।

आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७४ पुरुष, २० महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

मृतकको विवरण
१. महोत्तरी जिल्ला मटियारीका ४५ वर्षीय पुरुषको २५ साउनमा मृत्यु । क्षयरोग तथा मधुमेहका विरामी । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२. धनुषा मिथिला ढल्केबरकी ८५ वर्षीया महिलाको २८ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
३. अछामको रामारोशनका १८ वर्षीय पुरुषको २८ साउनमा पाटन अस्पताल ललितपुरमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४. मोरङ जिल्लाको विराटनगरका ५७ वर्षीय पुरुषको २८ साउनमा कोशी प्रादेशिक अस्पतालमा मृत्यु । मधुमेह तथा उच्च रक्तचापका विरामी थिए । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको



प्रतिक्रिया दिनुहोस्