Logo

भरुवा बन्दुकसहित पक्राउ



पाल्पा, २९ साउन । भरुवा बन्दुकसहित गन बहादुर कुमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रैनादेविछहरा छचुवाका कुमाल १ थान एकनाले भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, १ सय ९० ग्राम गन्दक र ५९ वटा छर्रा सहित पक्राउ परेका हुन् ।

उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्