Logo

ललितपुरमा किशोरी बलात्कृत



ललितपुर, २९ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । गोदावरी बस्दै आएका बाग्मती प्युटार घर भएका बुद्द तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार ती किशोरीलाई जबरजस्ती करणी गरेका तामाङलाई महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्