Logo

फेरि आमा बन्दै करिना



एजेन्सी, २९ साउन । बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बन्दै छिन् । यसको जानकारी करीना कपुर र उनका पति सैफ अली खानले अफिसियल पेजमा विज्ञप्ती निकालेर जानकारी दिएका छन् । उनीहरुले जारी गरेका विज्ञप्तीमा धेरै कलाकारहरुले बधाई दिइरहेका छन् ।

ऋषि कपुरको छोरी रिद्धिमा कपुरले पनि सामाजिक सञ्जालमा उनलाई बधाई दिएकी छिन् । अनिल कपुरको छोरी रीया कपुरले पनि बधाई दिएकी छन् । रियाले करीनासँगको तस्वीर सेयर गर्र्दै बधाइ दिएकी हुन् ।

करिना कपुर सेफ अलि खानको दोस्रो श्रीमती हुन् । सैफको पहिलो पत्नी अमृता सिंह हुन् । सेफ र अमृताको दुई बच्चा पनि छन् । सेफ र करीनाको पनि हालसम्म एउटा छोरा छन् उनको नाम तैमुर अली खान हो ।



प्रतिक्रिया दिनुहोस्