Logo

किन पुरुषको तालु खुइलिन्छ महिलाको खुइलिदैन



पुरुषको कपाल विस्तारै –विस्तारै वा तिव्र गतीमा कपाल झर्न थाल्छ । यी दुवै परिस्थितिमा पुरुषको टाउका चिल्लो देखिन थाल्छ । यसको बारेमा आज हामी चर्चा गर्नेछौ । एक रिसर्च अनुसार तालु खुइलिदै जानुमा हर्मोन धेरै जिम्मेवार रहेको छ । हर्मोनको कारण हुने परिर्वतनको असर तालुमा पर्न जान्छ । उसो भए महिलाको हर्मोनमा परिर्वतन नै आउदैन त ? भन्ने प्रश्न पनि उठ्न सक्छ ।

त्यसो त महिलाको शरीरमा हर्मोन परिर्वतन हुन्छ र हुनुपर्छ । शरीरमा कपाल उम्रन पनि हर्मोनल परिर्वतन कारण हुन्छ र झर्न पनि हर्मोनको परिवर्तन नै कारक तत्व हो । तर नर्वेको बर्गेन युनिभसिटीको अनुसार तालु खुइलिदै जानु खास एक प्रकारको हर्मोन जिम्मेवार हुने बताएका छन् ।

शोधको अनुसार पुरुषमा तालु टेस्टोस्टेरान नामको यौन हर्मोन कारणले खुइलिन्छ । जुन हर्मोन महिलामा पाइदैन । यो पुरुषमा मात्र हुने एन्ड्रोजन समुहको स्टेरायड हर्मोन हो । पुरुषको कपाल झर्नु यहि हर्मोनको कारण भएको बताएको छ । महिलाहरुको पनि पोषणको कमी वा हर्मोनमा गिरावटको कारण कपाल झर्छ, तर तालु खुइलिनको लागि जिम्मेवार स्टेरायड हर्मोनको कारण कतिपयमा तालु नखुइलिन पनि सक्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्