Logo

पेटमा सर्प भेटिएपछि…



आफ्नै पेटमा जिउँदै सर्प लुकाएर फ्लाइटमा यात्रा गर्ने एक व्यक्तिलाई सुरक्षाकर्मीले समातेको छ । वास्तवमा बर्लिन श्रोफेलड एयरर्पोटमा समातिएका छन् । ती व्यक्तिले आफ्नो पेटमा जिउदै सर्प लुकाउने कोशिश गरिरहेका थिए । त्यहाँको सुरक्षाकर्मीले अजिबको व्यवहार देखेपछि उनलाई सोधपुछ र खानतलासी गर्यो ।

प्रहरीले नियन्त्रणमा लिएपछि ४३ वर्षका ती पुरुषले सर्पलाई लिएर यात्रा गर्ने कुनै दस्तावेज पेस गर्न भने सकेनन् र उनलाई हिरासतमा राखियो । सर्पलाई भने सर्प संरक्षण गृहमा राखिएको छ । ती व्यक्तिले उक्त सर्पलाई इजरायल लैजान खोजेको बुझिएको छ । ब्रिटेनमा सर्प, उभयचर र पक्षीहरु देशमा ल्याउने र लैजानमा प्रतिबन्ध गरिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्