Logo

जरासन्धलाई टुक्रा गर्दा पनि किन जिवित हुन्थे



भगवान कृष्णको मामा कंस थिए । कंसका ससुरा जरासन्ध थिए । कंसपछि कृष्णलाई दुःख दिने भनेको जरासन्धले नै थिए । उनी बृहद्रथ राजाको छोरा थिए । मगधका सम्राट जरासन्ध भारत राज्यमा सबैभन्दा शक्तिशाली थिए । उनीसँग विशाल सेना थिए । उनी अत्न्यत क्रुर र अत्याचारी शासक थिए र हरिवंश पुराण अनुसार काशी, कोशल, चेदि, मालवा, विदेश, अंग, वंग आदी धेरै राज्यलाई हराएर आफ्नो अधिनमा राखेका थिए । यसकारण पनि उनी चर्चित थिए । जरासन्ध अत्न्यन्त क्रुर र साम्राज्यवादी प्रवृत्तिका शासक थिए ।

उनले आफ्नो पराक्रमले १०० राजाहरुलाई बन्दी बनाएका थिए । बन्दी बनाएर राखेका राजाहरुलाई पहाडको किल्लामा कैदी बनाएर राखेका थिए । ती सय राजाहरुलाई विशेष दिन पारेर एकैसाथ बलि चढाएर चक्रवर्ती सम्राट बन्न चाहेका थिए ।

जरासन्धको जन्मः मगध सम्राट बृहद्रथको दुई पत्नी थिए । दुवै जनाको सन्तान भएका थिएनन् । राजाले महात्मा चण्डकौशिककोमा गए र आफ्नो समस्या सुनाए र महात्माले एक फल दिए र पत्नीलाई खुवाउन भने । खाएपछि पक्कै सन्तान प्राप्त हुन्छ भने । तर राजाले आफ्नो दुई पत्नी भएको महात्मालाई बताएनन् ।

राजाले दरवार पुगेर दुई रानीलाई फल बाँडिदिए । फल खाएपछि दुवै रानी गर्भवती भए । तर गर्भबाट शिशु आधा रानीको कोखबाट र कान्छी रानीको कोखबाट आधा शरीर भएको बच्चा जन्मियो । रानीहरु डराएर बच्चालाई बाहिर फालिदिए ।

बच्चा फालेको समयमा नै एक राक्षसी आइपुगी र २ टुक्रा भएको बच्चालाई आपसमा जोडेर एक शिशु बनाइदिइन् । बच्चा रोएको सुनेर राक्षस अचम्ममा प¥यो । रानीहरु बच्चा रोएको सुनेर बाहिर निस्कीए । राजा पनि आए र राक्षसको परिचय मागे । जरा नाम गरेका राक्षसले बच्चाको सबै कुरा बताएपछि राजाले आफ्नो छोराको नाम पनि जरासन्ध राखिदिए ।

जरासन्धको हत्याः जरासन्ध खासमा युद्धमा मर्दैनथे । उनलाई प्रायजसो मल्ल युद्ध लड्ने इच्छा थियो र उनको राज्यमा केही त्यस्ता आखडा पनि थिए । उनी श्रीकृष्णको कट्टर विरोधी थिए । श्रीकृष्णले जरासन्धको हत्या गर्ने योजना बनाए अनुसार भगवान श्रीकृष्ण, भीम र अर्जुन ब्राह्मणको भेषमा जरासन्धको दरबार पुगे । उनलाई कुस्ती खेल्न चुनौती दिए तर जरासन्धलाई उनीहरु ब्राह्मण होइनन् भन्ने थाहा थियो । त्यसपछि श्रीकृष्णले आफ्नो वास्तविकता बताइदिए । वास्तविक परिचय थाहापाएपछि जरासन्धले कुस्ती खेल्ने निर्णय गरे ।

अखाडेमा भीम र जरासन्धको युद्ध १३ दिन सम्म लगातार चल्यो । १३ दिनसम्ममा भीमले कैयौपटक टुक्रा टुक्रा बनाएर फालेपनि जरासन्ध मरेनन् । लड्दा लड्दै भीम लगभग थाकिसकेका थिए । १४ औं दिनमा कृष्णले दुई टुक्रा बनाएर विपरित दिशामा फाल्न भनेपछि भीमले त्यसै गरेर जरासन्धको हत्या गरे ।

जरासन्धको हत्या गरेपछि श्रीकृष्णले १०० राजालाई जेल मुक्त गरि स्वतन्त्र गरी राजा युधिष्ठिरलाई चक्रवर्ती पद प्राप्त गर्नको लागि राजसुय यज्ञ गर्न चाहेको बताउदै सबै राजालाई सहभागी हुन आग्रह गरे र सबैले श्रीकृष्णको कुरा मानेर युधिष्ठिरलाई आफ्नो राजा स्वीकार गरे । अन्त्यमा जरासन्धको छोरा सहदेवलाई अभयदान दिएर मगधको राजा बनाइदिए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्