Logo

करवाचौथका व्रत तोड्न श्रीदेवीले चन्द्रमा हेर्न पाइलटलाई प्लेन घुमाउन भनेकी थिइन्



श्रीदेवी यो संसारमा नभएपनि उनले अभिनय गरेको चलचित्र स्मरणीय छ । उनले अभिनय गरेका चलचित्रहरु सधै जिउँदै रहनेछन् । आज १३ अगष्ट श्रीदेवीको जन्म दिन हो । उनको जन्मदिनको अवसरमा श्रीदवीसँग जोडिएका पुराना कुरा र यादहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । आज हामी श्रीदेवीले सुटिङको क्रममा व्रतको बारेमा एक घटना बताउँछौ ।

श्रीदेवी फिल्मदेखि असल जिन्दगीमा पनि निकै साधारण र घेरेलु महिलाको रुपमा परिचय बनाएकी थिइन् । कर्मा फिल्मको निर्देशक सुभाष घईले श्रीदेवी एक राम्री आमा हुनुको साथै एक उत्तम होस्ट पनि भएको बताएका छन् । उनले घरमा आउने पाहुनालाई धेरै ख्याल राख्ने गर्थिन् ।

श्रीदेवीको सुटिङको सिलसिलामा एकपटक करवाचौथको उपवास बसेकी थिइन् । श्रीदेवी र बोनी कपुर ‘इग्लिश विग्लिश’को सुटिङको क्रममा न्युयोर्कमा थिए । श्रीदेवीलाई भने करवाचौथको व्रत साँझ भएपछि रितिरिवाज पुरा गरी तोडेकी थिइन् ।

एक पटक त उनले करवाचौथको व्रत हवाई जहाजमा तोडेकी थिइन् । श्रीदेवी र बोनी मेक्सिकोको लस एन्जलसमा थिए । रातको समय थियो । उनीहरु फ्लाइटमा थिए । उनले एक गिलास पानीले व्रत तोड्ने योजनामा थिइन् । तर यस भन्दा पहिले उनले चन्द्रमा हेर्न चाहन्थिन् । उनले चन्द्रमा हेर्नलाई पाइलटलाई हवाइजहाज घुमाउन लगाएकी थिइन्, जहाँ सजिलै चन्द्रमा देख्न सकिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्