Logo

कोरोनाको औषधिको अवैध कारोबार : स्वीकृति र दर्ता नभै खुलेआम विक्री



साउन २९, काठमाण्डौ । देशमा फैलिएको कोरोनाको सक्रमणको फाईदा उठाउदै केही औषधी व्यवासायीहरु कोरोनाको औषधी भन्दै अत्याधिक मंहगोमा बिक्री वितरण गर्दै आएको पाईएको छ । सरकारी निकायकै जिम्मेवार कर्मचारीको मिलिमतोमा अबैध रुपमा नेपाल भित्राई अत्याधिक मंहगोमा बिक्री गरिदा समेत कुनै अनुसन्धान र अनुगनम भने कतै भएको भेटिएको छैन ।

सक्रमण बृद्धि भएसँगै सम्बन्धित रोगको उपचारमा संलग्न डाक्टरबाट कोरोना भाइरसलाई निको बनाउने भन्दा पनि नियन्त्रण गर्नमा सहयोग पुग्ने भन्दै रिम्डीसिमीर नामको औषधी प्रयोग गर्नमा सिफारीस गरेको नेपाल चिकित्सक संघका सहकोषाध्यक्ष तथा प्रवक्ता डा. विश्वराज दवाडीले बताए । डाक्टरले सिफारीस गरेको सो औषधीलाई अहिले औषधी व्यवस्था विभागले भने कुनै स्वीकृति र दर्ता समेत गरेको छैन ।

एकातर्फ डाक्टरबाट सिफारीस हुने आर्कोतर्फ सरकारी निकायबाट रोक लागएसंगै कालाबजारीसंगको मिलिमतो भएको प्रष्ट हुन आएको छ । ‘रेम्डेशिविर’ औषधीका सम्बन्धमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसंग बुझ्न खोज्दा उनले प्राइम टाइम्स टेलिभिजनसँग प्रतिक्रिया दिन चाहेनन् ।

एन्टि भाइरल औषधीका रुपमा प्रयोग गर्न मिल्ने र कोरोना भाइरसबाट चाँडो रिकोभरी हुने भएपछि सो औषधी अहिले नेपालमा न्यूनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्ममा प्रति पिस बिक्री हुदै आएको प्रवक्ता डा.दवाडीले बताए ।

उक्त औषधी पछिल्ला दिनमा भारत र बंगलादेशमा बन्दै आएको छ । नेपालमा भने भारतमा उत्पादन भएको औषधी अबैधरुपमा भित्राई मंहगोगमा बिक्री हुदै आएपनि सरकारी निकायकै उच्च पदस्थ कर्मचारीको संलग्नतामा खुलेआम बिक्री हुदै आएको पाईएको छ । उनले विभागका कर्मचारीमाथी आरोप नलगाएपनि सो औषधी नेपाल भित्राएर मंहगोमा बिक्री हुनुमा विभाग पनि दोषी रहेको बताए ।

अमेरिकाको युएस नेशनल इस्टिच्युटस अफ हेल्थले एकहजार ६३ जना कोरोना भाइरसका बिरामीहरुमा गरिएको परीक्षणमा बिरामीहरु ३१ प्रतिशत छिटो निको भएको दाबी गरेको छ । देशभर २२ हजारभन्दा बढी औषधी पसल रहेका छन् । ती औषधी पसल मध्ये कयौंले अबैध धन्दा गरिरहेको गुनासो आउदा समेत सरकारले कुनै अनुगमन नगर्दा अबैधधन्दाले प्रशय पाएको छ ।



प्रतिक्रिया दिनुहोस्