Logo

मनसुन सकिएकै हो त? यस्तो छ आजको मौसम



काठमाडौं, साउन ३० । हाल देशका अधिकांश भू–भागको मौसममा समान्य देखि पूर्ण बदली रहेको छ । गत शनिबारदेखि पुनः सक्रिय भएको मनसुनका कारण आजपनि प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभरको मौसममा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

आज गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोसमेत महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्