Logo

विश्वभर दुई करोड १० लाख बढी कोरोना संक्रमित, नेपालमा आज २५ हजार नाघ्दै



काठमाडौं, साउन ३० । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १० लाख ७९ हजार तीन सय पाँचजना पुगेको छ ।

त्यस्तै शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ५३ हजार चार सय ५१ पुगेको छ भने एक करोड ३९ लाख ११ हजार तीन सय ७८ जनाले कोरोना जितेका छन् ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ७० हजार चार सय १५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख पाँच हजार पाँच सय ६४ , भारतमा ४८ हजार एक सय ४४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

आजसम्म मेक्सिकोमा ५५ हजार दुई सय ९३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय २७ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १६ हजार आठ सय ३८ जना संक्रमण मुक्त भइसकेका छन् भने ९५ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्