Logo

कालिकोटमा पहिरो,६ जनाको मृत्यु



कर्णाली, साउन ३० । कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ।

बिहीबार राति १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरिदा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको छ।



प्रतिक्रिया दिनुहोस्