Logo

ट्रम्पको मध्यस्थतामा इजरायल र युइएबीच ऐतिहासिक सम्झौता



एजेन्सी, ३० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायलको खाडी मुलुकसँगको सम्बन्धमा आइसब्रेक भएको छ । उनको पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच सम्झौता भएको छ ।

ट्रम्पले आश्चर्यजनक रुपमा विज्ञप्तिमार्फत् सम्झौताको जानकारी गराएका हुन् । गएराति उनले गराएको जानकारी अनुसार इजरायल र युएइबीच सम्बन्ध सुमधुर बनाउने विषय उल्लेख छ । वेष्ट ब्यांकको भु-भागको संयोजन पनि उल्लेख छ । यसअघि इजरायलको कुनैपनि खाडी देशसँग कुटनीतिक सम्बन्ध थिएन ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यायु र अबुधाबीका राजकुमार मोहम्मद अल नाहेनबीचको सम्झौतालाई ऐतिहासिक क्षण भनेका छन् । इजरायलले यसअघि इजिप्ट र जोर्डनसँग शान्ति सम्झौता गरेको थियो ।

अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा ट्रम्पले इजरायल र युएइबीच सम्झौता गराउनुलाई अर्थपूर्ण मानिएको छ । इजरायलसँगको सम्बन्धले अमेरिकी राजनीतिमा निकै प्रभाव र महत्व बनाउन सक्छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्