Logo

बलात्कारी वृद्धलाई ढुँगाले हिर्काएर मारिने



कानो,साउन ३० । नाइजेरियाली शहर कानो स्थि एक इस्लामिक अदालतले १२ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एकजना वृद्धलाई मृत्युदण्ड सुनाएको छ ।

सरिया अदालतले एकजना ६१ वर्षीय नाम नखुलाइएका पुरुषलाई सन् २०१९ मा विकट फार्सा गाउँ नजिक एउटा रुख मुनि ति बालिकामाथि बलातकार गरेको घटनामा दोषि ठहराइएको बीबीसीले उल्लेख गरेको छ ।

नाइजेरियाको कानुन अनुसार बलात्कारीलाई इस्लामिक कानुन अनुसार ढुँगाले हिर्काएर मारिनेछ । उनले आगामी तीस दिन भित्र यस निर्णय विरुद्ध अपिल गर्न पाउनेछन् । शहरमा एक साता भित्र सुनाइएको यो दोश्रो मृत्युदण्डको सजाय रहेको समाचारमा उल्लेख छ ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्