Logo

म गुटमा विश्वास गर्दिन्, केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिनेगरि तयारीमा जुटेंः धिताल



काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धिताालले पार्टीको आगामी १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसको नेतृत्व, पार्टीमा युवाहरुको प्रतिनिधित्व भन्ने नारा समेत अघि सारेका छन् । उनले आफू सुरुदेखि नै पार्टीको नेतृत्व अब युवाहरुले गर्नुपर्ने पक्षमा उभिँदै आएको सुनाउँदै १४औं महाधिवेशनमा युवाहरुले नेतृत्व लिनेगरि मैदानमा आउनुपर्नेमा जोड दिए ।

उनले युवाहरुले नेतृत्वमा आउनको लागि आँफै पहल लिनुपर्नेपनि तर्क गरेका छन् । धितालले पार्टीमा गुट उपगुट बनाउन नहुने धारणा राखे । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने, गुट उपगुट बनाउँदा पार्टी कमजोर हुन्छ, हामी एक ढिक्का भएर अघि बढ्नुपर्छ । म कुनैपनि गुटको पक्षमा छैन् । म नीति, सिद्धान्तको पक्षमा छु । विधिको पक्षमा छु । सुदृढ लोकतन्त्रको पक्षमा छु । आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने पक्षमा छु ।

यद्धपी उनले आफू कुनै गुटमा नभएको भनेर जिकिर गरेपनि उनी लामो समयदेखि कोइराला परिवारसँग निकट मानिन्छन् । धितालले पार्टीको पदाधिकारी सर्वसम्मतीमा चयन गर्न सकिए धेरै राम्रो हुने पनि स्पष्ट पारे । तर, निर्वाचन नै भएपनि निर्वाचित सभापतिलाई सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाई छ । मुलुकमा विकास र समृद्धि हाँसिल गर्नको लागि पार्टीले नयाँ भीजन अघि सार्नुपर्ने र सोहीअनुसार नेतृत्वमा युवा आउनुपर्ने उनको जोड छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्