Logo

अस्पताल बनाउनुको साटो सरकार मन्दिर बनाउन लागिपर्यो : कांग्रेस



काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा पूरै असफल भएको आरोप लगाएका छन् । उनले आफूहरुले सरकारलाई पटक पटक ध्यानाकार्षण गराउँदै आएको तर सरकार गम्भीर नभएको टिप्पणी गरे । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,’कोरोना संकटको विषयमा नेपाली कांग्रेस गम्भीर छ । हामीले सरकारलाई ध्यानाकर्षण गराउने काम विभिन्न समयमा गर्दै आएका छौँ । हामी सरकारको काम कारबाहीबाट एकदमै धेरै असन्तुष्ट छौँ । सरकारले कुनै पनि कुरा कोरोनासँग सम्बन्धित विषयलाई अगाडि बढाउन सकेन । यत्रो लामो समयसम्म लकडाउन ग¥यो तर सरकारले कुनै पनि तयारी गरेन ।’

उनले वर्तमान सरकार अस्पताल बनाउनको साटो मन्दिर बनाउन लागिरहेको पनि आरोप लगाए । उनले भने,’सरकारको प्राथमिकतामा नै कोरोना परेन । सरकारको पार्टी सत्तारुढ दलभित्रकै झगडाले यसलाई ठुलो असर ग¥यो । नेपाली कांग्रेसभित्र समस्या, झगडा छैन भनेर मैले भनिरहेको छैन । कोरोनाका विषयमा सरकारसँग हामीले धेरैपटक बारम्बार कुरा उठायौं, तर सरकारले कोरोनालाई प्राथमिकतामा राखेर काम गर्न सकेन । यस विषयमा सरकार पूर्ण रूपमा असफल देखियो ।’



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम