Logo

वीरगन्जमा संक्रमण समूदायस्तरमा गइसकेको छ, लकडाउन चाँडै खुलाईयो : डा. अधिकारी



डा. प्रभात अधिकारीले वीरगन्जमा कम्युनिटी लेभलमा कोरोना संक्रमण फैलिएको र काठमाडौंको अवस्था अझै यकिन गर्न नसकिएको स्पष्ट पारेका छन् । उनले भनेका छन्,पब्लिकलाई भन्नुपर्दा मास्क लगाउने, सकेसम्म चस्मा पनि लगाउने, हात सफा राख्ने, सामाजिक दुरी कायम गरी भीडभाड नगर्ने यो कुराहरू नै हो । त्यतिमात्र गरेर पुग्दैन । कोरोनाको लक्षण ज्वरो आउने, श्वास फेर्न गा¥हो हुने हुन्छ । अहिले डिस्टान्स मेन्टेन गर्ने, त्यो अहिले हामीले पब्लिक लेभलबाट गर्नुपर्ने कुरा हो । प्रस्तुत डा. अधिकारीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हामी महासंकटमा गईसक्यौँ, उच्च जोखिममा छ काठमाडौँ । कसरी बचाउने ?

नेपालमा हेर्ने हो भने वीरगञ्जमा कम्युनिटिमा गईसकेको छ । काठमाडौँको अवस्था अझै यकिन गर्न सकिएको छैन ।

प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ नि ?

पब्लिकलाई भन्नुपर्दा मास्क लगाउने, सकेसम्म चस्मा पनि लगाउने, हात सफा राख्ने, सामाजिक दुरी कायम गरी भीडभाड नगर्ने यो कुराहरू नै हो । त्यतिमात्र गरेर पुग्दैन । कोरोनाको लक्षण ज्वरो आउने, श्वास फेर्न गा¥हो हुने हुन्छ । अहिले डिस्टान्स मेन्टेन गर्ने, त्यो अहिले हामीले पब्लिक लेभलबाट गर्नुपर्ने कुरा हो ।

तर जटिल अवस्थाका संक्रमितले उपचार नपाउने अवस्था भयो भनेर धेरैले भनेका छन् । किन ? के कारणले उपचार पाइरहेका छैनन् ?

अहिले आइ.सी.युहरू सबै प्याक भईसक्यो । सरकारले नयाँ निर्णय के गरेको छ भने पोजिटिभ हुनुुहुन्छ, आइ.सी.युमा बस्न आवश्यक छैन भने घरमा नै बस्न सक्नुहुन्छ । जसलाई अक्सिजन र आइ.सी.यु चाहिन्छ, जो मान्छेलाई अक्सिजन दिएर बचाउन सकिन्छ, उहाँहरूलाई बचाउन नसकिने भयो । कोही मान्छे कोरोना लागेर भेन्टिलेटरमा जानुभयो भने उपचार हुन्छ ।

विरामीको संख्या बढ्दा आइ.सी.यु र भेन्टिलेटर छैन । जनशक्तिको व्यवस्था गर्न सरकारले सकेन भन्ने आरोेप छ नि ?

आइ.सी.यु पनि छैन, भेन्टिलेटर पनि छैन । वीरगञ्जमा एउटा नारायणी अस्पतालमा एउटा, दुईओटा मात्र भेन्टिलेटर थियो । कति अस्पतालहरू बन्द पनि भईराखेका छन् किनभने त्यहाँ कार्यरत डाक्टरहरू सबै संक्रमित भएर सबै क्वारेन्टाइनमा बसिरहेका छन् । आवश्यक मात्रामा भेन्टिलेटर पनि छैन ।

हटस्पट बनिसक्यो वीरगञ्ज त, अभाव नै अभाव छ, त्यहाँ त ? कोशीमा पनि त्यस्तै छ अवस्था । कसरी समस्या समाधान गर्ने ?

पहिले त हामीले सामान्य भाइरस हो, जो पावरमा हुनुहुन्छ, यसमा हाछ्युँ गरेर ठिक हुन्छ भन्ने कुरामा बस्नुभयो । हाम्रो इम्युनिटि पावर राम्रो छ भनेर चुप लागेर बस्नुभयो । त्यही अनुसारको तयारी भएको भए यो स्थिति आउँदै आउँदैन थियो । अरू देशहरूमा भाइरसले जुन विनाश गरिरहेको छ, त्यसलाई हामी तयारी त्यसैअनुसार गरिसक्नुपथ्र्यो नि त । त्यही नै हाम्रो गुनासो हो ।

त्यसोभए पूर्वतयारी हुन सकेन नेपालमा भन्ने तपाईको भनाई हो ?

जुन मात्रामा हुनुपर्ने यथेष्ट स्पिडमा हुन सकेन । नभएको भन्न मिल्दैन । किनभने ठाउँठाउँमा टेस्टहरू पनि भए । अस्पतालहरू व्यवस्थापन पनि भए तर यो भाइरस यति चाँडो विकास भईरहेको छ कि त्यो मात्रामा व्यवस्थापन भएन । अर्को कुरा मलाई सिकायत के पनि लाग्छ भने लकडाउन चाँडै खुलाइयो । लकडाउन खुलाउने पनि त तरिका हुन्छ । लकडाउन मिलाएर खुलाउनुपर्छ ।

लकडाउन ४ महिना भयो । ४ महिनाको परिणाम खोइ त फेरि ?

लकडाउन मात्र गरेर त हुँदैन । त्यसको अरू व्यवस्था पनि हुनुप¥यो । टेस्टिङ्ग, आइसोलेसन, क्वारेन्टाइन मात्र होइन, त्यसको उपाय । औषधी, भेन्टिलेटर, आइ.सी.यु, बेडको व्यवस्थापन त्यो सबै हुनुपथ्र्यो । त्यही नै समयमा नै हुन नसकेको कारणले अहिले हामीले यो अवस्था भोग्नुपरेको छ ।

महामारीको समयमा समस्या छ । भेन्टिलेटर किन्न सरकारसँग बजेट पनि छैन । अब के गर्ने ?

सरकारले महंगो महंगो गाडीहरू किनिरहेको छ, भेन्टिलेटर किन किनेन भन्ने कुराहरू पनि आइरहेको छ । अर्को कुरा आउटब्रेक भयो भने हामीले नियन्त्रण गर्न सक्दैनौँ भन्ने हामीलाई थाहा छँदैछ । त्यही हिसाबले अझै पनि हाम्रो समय के छ भने यसलाई अझै पनि फैलिनबाट बचाउन सकिन्छ । त्यसको लागि टेस्टिङ्ग, आइसोलेसन, क्वारेन्टाइनहरूमा अझै पनि काम भएको छैन । त्यो गरेमा अझै पनि हामीले नियन्त्रण गर्न सकिन्छ ।

रुसले भ्याक्सिन ल्यायो । रुसको राष्ट्रपति पुटिनले सार्वजनिक गर्नुभयो । कति प्रभावकारी होला ?

भ्याक्सिनमा पुटिनले भन्नुभएको यथेष्ट प्रमाणहरू सबैलाई ओपन गरिएको छैन । भ्याक्सिनको टेक्नोलोजी राम्रो हो तर त्यो कत्तिको इफेक्टिभ छ भनेर डेटाहरू आउन बाँकी छ । त्यो पछि आउला । त्यस्ता भ्याक्सिनहरू चाइनाले पनि बनाएको छ । फेस टु पास गरिसकेपछि त्यो भाइरस सेफ छ । त्यस्तो भ्याक्सिनहरू नेपाल ट्रायलमा जानुप¥यो । त्यो भ्याक्सिनहरू लगाउनुप¥यो ।

विरामीले प्रयोग गर्ने औषधीमा कालोबजारी हुन्छ । हाम्रो देशमा जताततै विचौलियाहरूले काम गरेका छन् । के भन्नुहुन्छ ?

हामी त्यही परिस्थितिबाट गुज्रिरहेका छौँ । यसमा अरू के भन्नु ? FILE PHOTO



प्रतिक्रिया दिनुहोस्