Logo

ओली-प्रचण्ड सहमतिको सुत्र निकाल्न छलफलमा



काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ । दुई नेताबीच अहिले बालुवाटारमा सहमतिको सुत्र तयार गर्न छलफल केन्द्रित भएको बुझिएको छ ।

सोमबारभित्र सहमति निकाल्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले हिजो पनि प्रचण्डसँग चार घन्टा छलफल गरेका थिए । उनले प्रचण्डसँग सहमतिको बटमलाइनबारे छलफल गरेका थिए । त्यस क्रममा सबैलाई मान्य हुने सहमतिको सुत्र तयार गर्ने बताएका थिए ।

आज सहमतिको सुत्र निकाल्न गम्भीर छलफल चलिरहेको बुझिएको छ । ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने तर मन्त्रिमण्डल र मुख्यमन्त्री पदको पुर्नगठन गर्ने प्रस्ताव राख्दै आएका छन् । उनले अर्ली महाधिवेशनको प्रस्ताव पनि राखेका छन् । प्रचण्डसहित उनी पक्षधरहरु भने एक व्यक्ति एक पदको पक्षमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्