Logo

गोगंबु हत्या प्रकरणकी अभियुक्त कल्पना तीन बच्चाकी आमा, जेठी छोरीको विवाह भइसकेको खुलासा



काठमाडौं, ३० साउन । गोंगबुमा २४ साउनको राति भएको विभत्स हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरीको एक छोरीको विवाह भइसकेको खुलासा भएको छ । उनकी आमाले कल्पनाको दुई छोरी र एक छोरा भएको खुलासा गरेकी हुन् ।

‘एउटी छोरी बिहे गरेर गइसकेकी छिन् र आफूसँग भएको एक छोरी र एक छोरा हुन्,’ कल्पनाकी आमाले मेरो साथी टीभीमा भनेकी छिन् । विवाह भएकी छिरी कल्पनाको पहिलो पतितर्फका हुन् । त्यसपछि उनले अर्को विवाह गरेपछि एक छोरा र छोरी जन्मिएका हुन् ।

कल्पनाको किशोरावस्थामै विवाह भएर छोरी जन्मिएकी थिइन् । उनी महत्वाकाक्षी स्वभावको भएको पनि बुझिएको छ । कलाकारितामा लागेपछि उनी काठमाडौंमा आएकी थिएन् । तर, उनका बाबुआमा छोरीले अरुको पैसा लिएर नदिएको भन्ने अस्वीकार गर्छन् । बाबुले भने, ‘घरबेटीको भाडा तिर्न नसकेर ऋण पर्यो भनेपछि १० धुर जग्गा बेचेर तिर्ने तयारीमा थियौं ।’

कल्पना मुडभरीकी आमा

कल्पनाको धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो । उनले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको तथ्य समेत फेला परेको छ ।

मृतक कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अनुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । कृष्णबहादुर उनीसँग एकोहोरो प्रेममा पागल भए । जे गर्न पनि तयार भए । उनले कल्पनालाई हैरान कटाएको पनि खुलेको छ । यो पनि हत्याको कारण बन्यो ।-Main Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्