Logo

जनमैत्री अस्पताललाई कोभिड अस्पताल बनाउन जनप्रतिनिधीको माग



साउन ३०, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितहरु दिनप्रतिदिन बढिरहँदा उपचारमा समस्या देखिन थालेको छ । संक्रमितहरु अझै बढ्ने जाने निश्चित भएकाले उपचारका लागि अस्पतालकै अभाव देखिने सम्भावना छ ।

यसलाई मध्येनजर गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनु पर्ने माग गरेको छ । हाल बन्द रहेको उक्त अस्पताल सञ्चालनमा ल्याई कोरोना संक्रमितको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग वडा कार्यालयले आग्रह गरेको छ ।

कामनापा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिम आफ्नो वडामा पनि परेकोले उक्त अस्पताल सञ्चलालनमा ल्याई जोखिम न्यूनिकरणका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

त्यस्तै अस्पताल सञ्चालनमा कुनै समस्या परेमा कामनापा १६ र काठमाडौं महानगरले समेत आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता रिजालले व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्