Logo

५९४ कोरोना संक्रमित थपिए, २४० जना डिस्चार्ज



काठमाडौं, ३० साउन । नेपालमा कोरोना भाइरसका आज ५ सय ९४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । आज २४० जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्