Logo

आज ४ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक संख्या ९९ पुग्यो



काठमाडौं, ३० साउन । देशमा कोरोना भाइरसबाट हालसम्म ९९ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप चार जना पुरुषको मृत्यु पुष्टि गरेका हुन् ।

अहिलेसम्म मृत्यु हुनेहरुमा ७७ पुरुष र २२ महिला छन् । सबैभन्दा बढी प्रदेश २ मा ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्