Logo

ललितपुरमा एकैदिन ३० जना कोरोना संक्रमित थपिए



काठमाडौं, ३० साउन । आज ललितपुरमा एकै दिन ३० जना कोरोना संक्रमित थपिएका छन् । यो ललितपुरमा अहिलेसम्म कै सर्वाधिक सख्या थपिएको हो ।  स्वास्थ्य  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिएकामा ललितपुरमा ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

देशभर ५ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौं उपत्यकामा मात्रै ११९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ५ सय ७५ जनाको पिसीआर परिक्षणमा ५ सय ९४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ७७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ८३ जना र ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्