Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका चार जना को को (विवरणसहित)



काठमाडौं, ३० साउन । देशमा कोरोना भाइरसबाट आज थप चार जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज थपिएकासँगै कुल संक्रमित संख्या ९९ पुगेको जनाएको छ ।

स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु पुष्टि भएका चार जना नै पुरुष हुन् । उनीहरुको हिजो र आज मृत्यु भएको हो ।
अहिलेसम्म मृत्यु हुनेहरुमा ७७ पुरुष र २२ महिला छन् । सबैभन्दा बढी प्रदेश २ मा ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

मृतकको विवरण
१. मोरङका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
२. सिराहाका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
३. बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको
४. बाराका पुरुष । स्वास्थ्य मन्त्रालयले ३० साउनमा मृत्यु पुष्टि गरेको



प्रतिक्रिया दिनुहोस्