Logo

मर्स्याङदी गाँउपालिकाका इन्जिनियरमाथि अख्तियारको मुद्दा



 

काठमाडौं, ३० साउन । मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङमाथि अख्तियारले मुद्दा दायर गरेको छ । लमजुङ जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत भूकम्पपीडित लाभग्राहीहरुसँग इकाई भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा आठजनाबाट जनही ५० हजारका दरले घुस लिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गर्दा करार सेवामा नियुक्त भएका मण्डल र गुरुङले किस्ता बापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा आठजनाबाट ४ लाख रकम लिएको पुष्टि भएको थियो । उनीहरुलाई कानुन बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्