Logo

कैलालीका सव–इन्जिनियर अख्तियारको फन्दामा



काठमाडौं, ३० साउन । कैलालीका सव–इन्जिनियर चन्द्रदेव भट्टमाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । कैलाली चुरे गाउँपालिका घरखेडामा कार्यरत सव–इन्जिनियर भट्टले सेवाग्राहीसँग २० हजार घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धान गर्दा भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग २० हजार लिएको पुष्टि भएको थियो ।

उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्