Logo

नक्कली शिक्षकमाथि अख्तियारको मुद्दा



काठमाडौ, ३० साउन । श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षिका मिरा रानामाथि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरकी शिक्षिका रानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धान गर्दा प्राथमिक तहमा राहत अनुदान कोटामा कार्यरत तत्कालीन शिक्षिका रानाले नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई हाससम्म सुविधा लिएको पुष्टि भएको थियो । उनलाई कानुन बमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्