Logo

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद



काठमाडौं, ३० साउन । अवैध लागूऔषधसहित बिजय पासवानलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु विर्तास्थित सडकबाट ८ ग्राम २ सय ३० मिलिग्राम लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित पासवानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले लु.९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका(१ स्थित लखनदेही खोला नजिकबाट १५ केजी अवैध लागूऔषध गाँजा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको बा.३४ प ६१८९ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्