Logo

एनसेलको टावरमा आगजनी गर्ने पक्राउ



डोटी, ३० साउन । आगजनीमा संलग्न एकजना पक्राउ परेका छन् । जोरायल गाउँपालिका कटुन्थलास्थित एनसेलको टावरमा २०७६ साउन १५ गते भएको आगजनी घटनामा संलग्न भई फरार रहेको बडिकेदारका कृष्ण बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई कैलाली चुरे शिवनगर बजार नजिक डोटीको सिमानाबाट फेला पारी पक्राउ गरेको जनाएको छ । यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्