Logo

पुरानो रिसिबीका कारण बन्चरो प्रहार



सर्लाही, ३० साउन । बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा चन्दन साह पक्राउ परेका छन् । बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दीका साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पुरानो रिसिबीको कारण सामन्य बिबाद भई झै–झगडा हुँदा बिपिन यादवलाई बन्चरो प्रहार गरी घाइते बनाएका चन्दनलाई ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । घाइते साहलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्