Logo

सुशान्तलाई न्याय दिन वरुण धवन र मौनी रायले उठाए आवाज



एजेन्सी, ३० साउन । बलिउड अभिनेता सुशान्त राजपुतको निधनपछि विश्व भर विषयको चर्चा बनिरहेको छ । उनको निधनपछि सुशान्तसँग जोडिएका धेरै कुरा बाहिर आएका छन् । सुशान्तको निधन पश्चात उनका साथीहरु र आफन्तले उनको केसमा सिबिआइले अनुसान्धान गर्नुपर्ने माग गर्दै आएका छन् । मुम्बईको प्रहरीले हेरी रहेको केस ४० दिनपछि सुशान्तको परिवारले सिबिआईले अनुसन्धान गर्नुपर्ने बताउदै आएका छन् ।

अभिनेता वरुण धवन र मौनी रायलेपनि सुशान्तको केस सिबीआई नै गर्नुपर्ने बताएका छन् । ‘सिबिआई फर सुशान्त सिंह राजपुत’ नामको पेज सेयर गरेर दुई कलाकारहरुले आफ्नो इन्स्टाग्राममा सिबीआईले गर्नुपर्ने मार्ग राख्दै सेयर गरेका छन् । ‘सिबिआई फर सुशान्त सिंह राजपुत’ नामको यो पेजमा अंकिता लोखडे, कंगना रनौत, कीर्ति सेनन्, मअमिशा पट्टेल जोडिएका छन् ।



प्रतिक्रिया दिनुहोस्