Logo

यी महिलालाई युवाको आवाज सुन्न नसक्ने रोग लाग्यो



एक महिलालाई अचम्मको रोग लागेको खबर बाहिर आएको छ । चीनकी ती महिला यस्तो आश्चर्य लाग्दो रोग लागेको छ । यो रोगको कारण यी महिलाले युवाको आवाज सुन्न सकेकी छैनन् । उनी मात्रै महिला र पाका पुरुषको आवाजमात्र सुनिरहेकी छिन् ।

महिलाको नाम चेन हो । चेन एकदिन राति सुतेर बिहान उठ्दा आफ्नो पतिको आवाज सुनीनन्, जसको कारण उनको अस्पतालमा चेकअप गराइयो । जाँच गरेपछि डाक्टरले चेनलाई एक दुर्लभ रोग लागेको बताए । यस्तो रोग १२ हजार मानिसमा एकजनालाई लाग्न सक्छ ।

यो दुर्लभ रोग सामान्यतया अनुवांशिकको कारण हुन्छ । उनको उपचार गर्ने डाक्टरले सबैको आवाज सुनेपनि युवाहरुको आवाज सुन्न नसक्ने बताए, सबैको आवाज सुनेरहेको अवस्थामा चेनले युवाहरुको आवाज भने पटक्कै सुन्न सक्दिनन् । चेनले आफु रोगको कारण धेरै तनावमा भएको बताएकी छिन् । उनले आफ्नै जीवन साथीको कुरा सुन्न सक्दिनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्