Logo

काठमाण्डौ उपत्यकामा अधिकांश सेवा बन्द, जमघट निषेध



साउन ३०, काठमाण्डौ । राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ ।

त्यस्तै सबै प्रकारका सभारगोष्ठी, तालिम, सेमिनार, हलरपार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथरखुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिकरकामदार ओसारपसार तथा टेकवेबाहेक होटल रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।

निषेध गरिएका गतिविधिहरु :

-खुल्ला स्थानमा मानिसहरु भेलारजम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न,
-भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न,
-दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु,
-उद्योग व्यापाररव्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,
-चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
-शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
-सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना -समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
-फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा र साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न,
-उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न,
-टेक अवे बाहेक होटल रेस्टुरेन्ट सञ्चालन गर्न ।

सुचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम यी गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरीएको छ। सो आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्