Logo

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त



काठमाडौं, ३० साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको हो । भदौ १ देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका लागि बज्राचार्यलाई नियुक्त गरिएको हो ।

बज्राचार्यले यसअघि सनराइज बैंक, एनसिसी बैंक र ग्लोबल आइएमई बैंकको सिइओका रुपमा काम गरिसकेका छन् । एक महिनाअघि पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएपछि बैंकको सिइओ पद रिक्त थियो। Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्