Logo

बानियाँटार युवा क्लबको सक्रिय सहभागीतामा गाँजा नष्ट



काठमाडौं, ३० साउन । बानियाँटार युवा क्लबको सक्रिय सहभागितामा काठमाडौं टोखा बानियाँटार हाईटमा गाँजा नष्ट/फडानी गरिएको छ । क्लबसँगै सामूदायिक सेवा केन्द्र गोंगबु तथा सामूदायिक प्रहरी गोगबुका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । कानुनले अबैध गरेको र जथाभाबी फैलिएको गाजा आफूहरुले आज नष्ट गरेको अशोक पाण्डेले जानकारी दिए । महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी रोशन खड्काको विशेष पहलमा गाँजा फडानी तथा नष्ट गर्ने काम सम्पन्न भएको हो ।

उनकाअनुसार महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कका ईन्चार्ज सन्तोष कुमार दाहाल, टोखा वडा नम्बर ८ का अध्यक्ष केशब खत्रीसहितको उपस्थितिमा गाँजा नष्ट/फडानी गरिएको हो । क्लबले स्थानीय निकाय र प्रहरी प्रशासनको सहयोगमा गाँजा नष्ट गर्ने काम गरेको क्लबका अध्यक्ष प्रविण बानियाँले जानकार दिए । संसदमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्नेबारे बहस भैरहेको तर अहिलेसम्म उक्त विषय विचाराधिन रहेकोले आफूहरुले गाँजा नष्ट/फडानी गरेको बानियाँको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम