Logo

देशव्यापी रुपमा वृक्षारोपण अभियान चलाउनुपर्ने नेता धितालको भनाई



काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता विष्णु धितालले वृक्षारोपण कार्यक्रमलाई देशव्यापी रुपमा अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले आजको २१औं शताब्दीमा वृक्षारोपणको महत्व धेरै रहेको भन्दै युवाहरुले यसमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

उनले वातावरण सन्तुलन राख्नको लागि पनि वृक्षारोपण फलदायी हुने भन्दै यस्तो पुण्य काममा सबैको सक्रिय सहभागिता हुनुपर्ने र विशेषगरि कांग्रेसको चुनाव चिन्ह पनि रुख नै भएकोले कांग्रेसीहरुले वृक्षारोपण कार्यक्रमलाई देशव्यापी रुपमा अभियानकै रुपमा चलाउनुपर्ने बताए ।

अन्तर्राष्टिय युवा दिवसको अवसरमा बिश्व हिन्दु महासंघद्धारा आयोजित कार्यक्रममा पशुपतिको मृगस्थलीमा आयोजित वृक्षारोपण कार्यक्रममा नेता धितालपनि सहभागी भएका हुन् । उक्त कार्यक्रममा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एन.पी. साउद, पूर्व मन्त्री रामचन्द्र अधिकारी पनि सहभागी थिए । तस्विरहरु : धितालको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्