Logo

कोरोना संक्रमितको ‘मायाः ‘दुर्व्यवहार गर्नेलाई झ्याप्प अँगालो हाल्न मन छ’



हेटौंडा, ३१ साउन । नेपाली कांग्रेस महिला विभाग केन्द्रीय सदस्य, मकवानपुरे महिला नेतृ तथा सामाजिक अभियन्ता  रअधिकारकर्मी शर्मिला श्रेष्ठले आफूलाई कोरोना संक्रमणपश्चात् विभिन्न व्यक्तिबाट लाञ्छना र आरोपहरु लगाइएको गुनासो गर्नुभएको छ । अपहेलित गर्दै विभिन्न तवरले छरछिमेक तथा अन्यले आफूमाथि दुव्र्यहार गरेको भन्दै उहाँले गुनासो गर्नुभएको हो ।

उहाँले चोटिलो व्यङ्ग्य गर्दै भन्नुभएको छ– ,’गाली गर्नेलाई यति धेरै माया छ कि झ्याप्प अँगालो हाल्न मन छ । उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको भन्दै रुघा, खोकी, ज्वरो, घाँटीको समस्या नरहेको बताउनुभएको छ ।

‘खाना पनि स्वाद लिइलिइ खाइरहेकी छु । म सुरक्षित नै छु । मलाई माया गर्नुहुनेलाई धेरैधेरै धन्यबाद, गाली गर्नेलाई यति धेरै माया छ कि झ्याप्प अँगालो हाल्न मन छ,’ उहाँले भन्नुभएको छ ।
उनले भन्नुभएको छ–मेरो कुनै नियोजित योजना छैन । र, थिएन पनि कि सबलाई सार्दै हिँड्नु पर्छ । जुन दिनदेखि कन्ट्रयाक्ट ट्रेसिङमा परें, त्यस दिनदेखि कसैलाई छोएको छैन । सुरक्षित घरमै बसेकी छु ।’

उहाँले भन्नुभयो–,’ कसैको घरभित्र पसेकी छैन, सडकमा हिँड्दा रोग सर्छ भन्ने कस्तो धेरै ज्ञान भएको हाम्रो समाज रहेछ । अनाबश्यक कुरा गर्नेमा चेतनाको कमी रहेछ । आफू एक राजनीतिक व्यक्ति, सामाजिक अभियन्ता, अधिकारकर्मी भएको नाताले समाजका हरेक राम्रो कार्य अथवा हरेक घटनामा आफ्नो सहभागिताले र धेरै जनाको सम्पर्कमा रहने व्यक्ति भएकोले हामीमा पनि नहुन सक्ने सम्भावना कम नै हुन्छ ।’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्