Logo

तीजका गीतमा कोरोना सन्देश



काठमाडौँ, ३१ साउन । रातो सारी पहिरिएर सुख–दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ । यो वर्ष भने कोरोना भाइरस कोभिड–१९ ले तीज र तीजका गीतमा प्रभाव पारिरहेको छ ।

त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा देखिएको छ । तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकोे छ ।

 

तीजभन्दा गीत धेरै अघि

हिन्दुको पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । गाउँदेखि सहरसम्म तीजका नयाँ–पुराना भाका घन्कँदै गीतले बजार छोपिसकेको छ ।
कोरोना भाइरस ९कोभिड–१९० को महामारीको बीचमा समेत सर्जकले चेतनामूलक र सन्देशमूलक तीजका नयाँ–नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमध्ये कतिपय विवादित भए भने कतिले श्रोता, दर्शकको माया पनि पाएको देखिन्छ ।

गायक दुर्गेश थापाको तीज गीत बेसार, बीचबीचमा–३ ले श्रोताको मन जित्न सफल भएको छ । गायिका प्रीति आलेले गाउनुभएको लरिलै बरिलै।।। बोलको तीज गीत युट्युब मार्फत सार्वजनिक गरेको एक महिनामा ३७ लाखभन्दा बढीले हेरिसकेका छन् । टिकटक तथा सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ । गायिका सोफिया थापाले गाउनुभएको ‘अबको तीज नो व्रत प्लिज’ गीतले चर्चा, विरोध र अवरोध पाएको छ ।

धार्मिक आस्थामा चोट पर्न गएको भनेर विरोध भएपछि हटेको पनि छ । गायिका थापा तीजमा निराहार व्रत बस्नुपर्छ भन्ने हँदैन, त्यसैले यो गीत गाएको हो, कसैको भावनामा चोट पुु¥याउने उद्देश्य होइन भन्नुहुन्छ । वरिष्ठ गायिका मीरा राणाले हिजो माइती घर, धार्मिक स्थल तथा पधेँरो, चौतारोमा सीमित तीज पर्व अहिले सहर बजारको रमझम भइसकेको बतउनुभयो ।

परम्परागत वाद्यवादन र लोकलयमा गाइने तीज गीत आधुनिक बाज गाजा र अनेक मेलोडीमा बन्न थालेका छन् । गायिका राणा हिजो–आज तीजकै नाममा भड्काउ गीत थुप्रै बनेका छन् । कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन । यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ भन्नुुहुुन्छ । राणा यस्ता गीतले तीजको मर्म मारेको छ भन्नुहुन्छ । यो समाचार आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्