Logo

सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कारोना देखिएपछि



काठमाडौ, साउन ३१ । राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक दायाँ बायाँ क्षेत्रका सबै पसल बन्द गरिएको छ ।

काठमाडौ महानगरपालिका–२४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार जयमाता दी गोल्ड प्यालेसमा कार्यरत तीन कामदारमा कोरोना देखिएपछि पसलहरू बन्द हुुनुका साथै उच्च सतर्कता अपनाइएको बताए ।

उनले साउन ३० देखि भदौ ७ सम्म न्युुरोड जुद्ध सालिकदेखि इन्द्रचोक सम्मका सम्पूर्ण पसल बन्द गरिएको जानकारी दिए । त्यस्तै विशाल बजारका सुनचाँदी व्यापारीमा पनि कोरोना देखिएको छ ।

विशाल बजार सञ्चालक समिति र व्यापारी व्यवसायीसँग सल्लाह गरी विशाल बजारसमेत बन्द गरिएको उनले बताए ।

त्यस्तै महानगरीय प्रहरी वृत्त जनसेवाले पनि हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर, न्युुरोड, खिचापोखरी, सुन्धारा लगायतका क्षेत्रमा सञ्चालित रेस्टुराँ तथा पसलले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन सुरु गरेको छ ।

न्युुरोड क्षेत्रमा मास्क प्रयोग नगर्ने, सामाजिक दूरी कायम नराख्ने र भीड बनाई रेस्टुराँमा ग्राहक राखेको अभियोगमा बटुवादेखि ग्राहकसम्म र केही व्यवसाय सञ्चालकलाई
कारबाही गरिएको वृत्त प्रमुख सुनीलकुमार शाहले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्