Logo

बार्सिलोनाको लज्जास्पद हार, आठ गोल खाएर क्वाटरफाइनलबाट बाहिरियो



एजेन्सी, साउन ३१ । बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ८–२ को हार बेहोर्दै बार्सिलोना बाहिरिएको हो ।

बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८–२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल गरेको बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरेका थिए भने दोस्रो हापमा जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले १–१ गोल थप्न सफल भए।

बार्सिलोनाका लुइस सुआरेजले एक गोल फर्काएका थिएभने अर्को गोल डेविड अलाबाको आत्मघाती गोल थियो ।



प्रतिक्रिया दिनुहोस्