Logo

नेपालमा कोरोना भाइरसबाट १०२ को मृत्यु, आज तीन जनाको मृत्यु पुष्टि (विवरणसहित)



काठमाडौं, ३१ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप तीन जनाको मृत्यु पुष्टि भएसँगै कुल मृतकको संख्या १०२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणबाट मृत्यु हुनेहरुमा कपिलवस्तु, पर्सा र धनुषाका पुरुष हुन् ।

आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ८० पुरुष र २२ महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

मृतकको विवरण
१. कपिलवस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको ३१ साउनमा मृत्यु । ३१ साउनमा स्वास्थय मन्त्रालयले मृत्यु पुष्टि गरेको
२. पर्साको वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुष । ३० साउनमा नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु । ३१ साउनमा स्वास्थय मन्त्रालयले मृत्यु पुष्टि गरेको
३. धनुषाको जनक नन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष । २९ साउनमा मृत्यु भएको छ । ३१ साउनमा स्वास्थय मन्त्रालयले मृत्यु पुष्टि गरेको



प्रतिक्रिया दिनुहोस्