Logo

रुसद्वारा कोराना भ्याक्सिनको उत्पादन शुरु, एक वर्षभित्र सबै रुसी जनतालाई भ्याक्सिन लगाइने



एजेन्सी, ३१ साउन । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु गरेको छ । रुसले विश्वमै पहिलो कोरोना भ्याक्सिन स्पुतनिक भी को उत्पादन शुरु गरेको हो ।

इन्टरफेक्स समाचार एजेन्सीले रुसी स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भ्याक्सिन उत्पादन शुरु भएको जानकारी दिएको हो । उत्पादनलगत्तै भ्याक्सिनको अर्को महिना देखि प्रयोग शुरु हुनेछ ।

यसैगरी, रुसले अबको एक वर्षभित्र सबै रुसी जनतामा भ्याक्सिनको पहुँच पुग्ने जानकारी गराएको छ । भ्याक्सिनको विकास गरेको गेमिलिया रिसर्च सेन्टरका प्रमुख अलेक्जेन्डर गिन्जबर्गले अबको ९ देखि १२ महिनाभित्र रुसी जनताले भ्याक्सिन पाइसक्ने बताएका हुन् । रुसी समाचार संस्था तासका अनुसार शुरुमा १५ वटा क्षेत्रमा भ्याक्सिन पुर्याइने गिन्जबर्गले बताएका छन् ।

भ्याक्सिनको माग अत्याधिक रहेकाले सय लाग्ने भएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन शुरुमा स्वास्थ्यकर्मी, सेना र शिक्षकलाई लगाइने बताएका थिए ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्