Logo

मोदीको घोषणाः भारतमा तीन कोभिड भ्याक्सिन परीक्षण देखि छिमेकसँगको सम्बन्ध प्राथमिकतामा राखिएको सम्म



एजेन्सी, ३१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ७४ औं स्वतन्त्रता दिवसमा विशेष घोषणा गरेका छन् । जसमा भारतीय जनताका लागि डिजिटल हेल्ड आइडी देखि तीनवटा कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण भइरहेको विषय पनि छन् ।

हेल्ड आइडीले मेडिकल तथ्यांक, रिपोर्टलगायतका सुचना सुरक्षित गर्नेछ । यसले स्वास्थ्योपचारबारे पारदर्शीताको काम गर्नेछ ।

मोदीले भारतमा भइरहेका तीनवटा कोभिड १९ को भ्याक्सिनको परीक्षणबारे पनि घोषणा गरेका छन् । उनले वैज्ञानिकहरु निकै मिहेनत गरिरहेको र चाँडै नै नतिजा आउने विश्वास व्यक्त गरे ।

साइबर सुरक्षा प्रणालीबारे पनि उनले जानकारी गराए । साइबर सुरक्षा २०२० को ड्राफ्ट तयार भएको जानकारी गराए ।

सिक्किम अर्गानिक राज्य घोषणा भएको सुनाउँदै लदाख कार्बन न्युट्रल क्षेत्र बनाइने घोषणा गरे ।

भारतमा स्यानिटरी न्यापकिन भारु १ मा पाउने व्यवस्था मिलाउने घोषणा पनि गरे ।

भारतमा विवाहका लागि महिलाको उमेर १८ र पुरुषको २१ हुनुपर्ने व्यवस्था रहेकोमा त्यसको परिमार्जन गर्न लागिएको खुलासा गरे ।
भारतमा एक लाख करोड भारु पूर्वाधार विकासमा खर्च भइरहेको जानकारी गराए ।

मोदीले छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर सम्बन्ध उनले अझ विस्तार गर्ने घोषणा गरे । जमिन र समुन्द्रबाट जोडिएका छिमेकसँगको सम्बन्धलाई सुरक्षा, विकास र विश्वासको साझेदारीका माध्यमले विस्तार गरिने बताए । उनले छिमेकसँगको शान्तिपूर्ण सम्बन्ध भएमा सद्भाव कायम हुने बताए ।



प्रतिक्रिया दिनुहोस्